अत्यावश्यक उपभोग्यवस्तुहरु सर्वसुलभ बनाउन मुख्यसचिवको निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अत्यावश्यक उपभोग्यवस्तुहरु सर्वसुलभ बनाउन मुख्यसचिवको निर्देशन


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । मुख्य सचिव शंकरदास बैरागीले अत्यावश्यक उपभोग्य वस्तुहरू सहज तथा सर्वसुलभ रूपमा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७५औँ बैठकलाई सम्बोधन गर्दै मुख्य सचिव वैरागीले विगत वर्षहरूमा झैँ यस वर्षका प्रमुख चाडपर्वहरूमा पनि अत्यावश्यक उपभोग्य वस्तुहरू सहज तथा सर्वसुलभ रूपमा उपलब्ध गराउन असोज १ गतेदेखि छठ पर्वपछिको एक हप्तासम्म सुपथ मूल्य पसल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

साथै संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न अन्य निकायहरूको समन्वयमा विस्तृत कार्य योजना बनाई १५ दिन भित्र पेस गर्न पनि उद्योग मन्त्रालयलाई निर्देशन भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत चाडपर्वहरूलाई लक्षित गरी सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी गराई सहज यात्रा व्यवस्थापनलगायतका कार्यहरू मिलाउन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीहरूलाई खोप लगाउने सूचीमा प्राथमिकता दिने बारेसमेत निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका वरिष्ठ सहसचिव एवं प्रवक्ता कृष्ण बहादुर राउतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस