२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेल्वेमा नियुक्त १५१ जना ज्यालादारी कर्मचारी हटाइयो

अ+ अ-

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा खटाइएको कर्मचारीहरुलाई हटाएको छ। नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५१ जना कर्मचारीलाई हटाइएको हो।

रेल सञ्चालन दिनानुदिन अनिश्चित बन्दै गएको अवस्थामा ज्यालामा भर्ना गरिएका कर्मचारीको काम नभएको भन्दै हटाइएको हो।

नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाद्वारा हस्ताक्षरित एक सूचनामा भनिएको छ, ‘जयनगर–जनकपुरधाम रेल्वे कानूनी तथा प्राविधिक कारणले रेल सञ्चालनको लागि केही समय लाग्छ, तर तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएको व्यक्तिहरु आफू खुसी हाजिरको आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने भएकोले हाजिर नगर्न सचेत गराइएको छ, साथै सूचनाको उल्लङ्घन गरी हाजिर गरे त्यसको जिम्मेवारी नेपाल रेल्वे कम्पनी लिमिटेडले नलिन आग्रह गर्दछ।’

केपी ओली नेतृत्वको सरकारले महाप्रबन्धकमा नियुक्त गरेका भट्टराईले रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरेको आरोप छ।

रेल चल्ने टुङ्गो नभएको अवस्थामा शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधेको थियो। तर स्पष्टीकरणको जवाफ नदिई भट्टराईले राजीनामा बुझाए।

उनले राजीनामा दिएपशचात नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालनिकट झालाई सरकारले रेल्वेको महा प्रबन्धकमा नियुक्त गरेका छन्।

२०७७ असोज ३ गते भारतबाट ल्याइएका दुई वटा रेल एक वर्षयता अलपत्र छन्। हाल त्रिपालमा छोपेर धनुषाको ईनर्वास्थित रेल्वे स्टेसनमा छोपेर राखिएको रेल कवाडी बन्ने अवस्थामा पुगेको छ।

तत्कालीन महाप्रबन्धक भट्टराईले तोडफोड र चोरी भएका रेल्वे संरचना भारतले मर्मत गरिदिएको बताएका छन्। भारत सरकारले १५ अर्ब खर्च गरेर निर्माण गरेको संरचनासमेत ध्वस्त पार्दै नेपालले किनेका दुई वटा आधुनिक रेल सेट पनि कवाडी बनाउने काममा अहिलेको सरकार लागेको उनको दाबी छ।

भारत सरकारको सहयोगको ६९ किमी लामो जयनगर–जनकपुर रेलमार्गको पहिलो खण्ड जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो।

सन् २०१० मा भारत सरकारले यो रेलमार्गको ’ब्रोडगेज’ पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। जनकपुरधामदेखि महोत्तरीको बिजलपुरासम्मको खण्डमा भने पूर्वाधार निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस