राष्ट्र सङ्घ मुख्यालय क्षेत्रमा प्रदर्शन गर्न डा. केसीको अपिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र सङ्घ मुख्यालय क्षेत्रमा प्रदर्शन गर्न डा. केसीको अपिल


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय भवन नजिकैको क्षेत्रमा यही सेप्टेम्बर २० र २१ तारिखमा प्रदर्शन गर्न अपिल गरेका छन् ।

डा. केसीले विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य, शिक्षा तथा कोभिडको खोपका विषयमा राष्ट्र सङ्घको ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गर्न अमेरिकामा रहेका नेपालीहरूलाई आग्रह गरेका हुन् ।

यही सेप्टेम्बर २१ तारिखमा विश्व शान्ति दिवस मनाउने गरिन्छ । सोही दिन संयुक्त राष्ट्र सङ्घको महासभा पनि बस्न लागेकोले संसारले झेलेका समस्याबारे ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गर्न केसीले आग्रह गरेका हुन् ।

प्रदर्शनमा जलवायु कार्य र जलवायु न्याय, सबैका लागि कोभिड खोपसहित सबैका लागि स्वास्थ्य र शिक्षा, यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्रलगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने, म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडानलगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने विषय उठान गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस