२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने बीपीका चिकित्सकहरूको घोषणा

अ+ अ-

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

८२ दिनयता प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आज (आइतबार) बाट इमरजेन्सी, कोरोना सङ्क्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा काम छाडेका हुन् ।

प्रतिष्ठान सुधारको माग राख्दै आएको संयुक्त सङ्घर्ष समितिले सरकारले माग सम्बोधन गर्न ध्यान नदिएपछि बिहीबार काम छाड्ने चेतावनी दिएको थियो । माग सम्बोधन गर्न चासो नदिएपछि काम छाडिएको संयुक्त सङ्घर्ष समितिका संयोजक डाक्टर एसपी रिमालले जानकारी दिए । ‘सरकारले आधा घण्टामा गर्ने काम गरेको छैन,’ उनले भने, ‘माग सम्बोधन नभएपछि आन्दोलन गर्न बाध्य भयौँ ।’

प्रतिष्ठान बिगार्न पदाधिकारीको मात्र नभई कर्मचारीको पनि दोष रहेको बताउँदै उनले छानबिनका लागि तत्काल आयोग बनाउनु पर्ने बताए । अख्तियारको मुद्दा फास्ट ट्याकमा सम्बोधन गर्नका लागि सरकारले आग्रह गर्नुपर्ने उनले बताए ।

एक महिनाअघि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरूलाई कारबाही गर्न गरिएको सिफारिस र आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको थियो । तर एक महिनासम्म सम्झौता कार्यान्वयन नभएको उनले बताए ।

आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीको बहिर्गमनको माग गर्दै आएको छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, अनियमितता रोक्नुपर्नेलगायत माग राख्दै सुरु भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले चासो नदिएको सङ्घर्ष समितिको गुनासो छ ।

आन्दोलन नरोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले भदौ ११ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस