‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण


१९ भाद्र २०७८, शनिबार


काठमाडौँ । ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर तालिम केन्द्र परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । महाशाखाले गत वर्ष तीनकुनेस्थित पार्कमा वृक्षरोपण गरेको थियो ।

काठमाडौँ उपत्यकाका विभिन्न नर्सरी र वन कार्यालयसँगको समन्वयमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, प्रहरी उपरीक्षक एवं प्रवक्ता सञ्जिव शर्मा दासलगायतको उपस्थितिमा २०० बोटबिरुवा रोपण गरिएको छ ।

सो अवसरमा तेजपत्ता २५, धुपी १२, अम्बा सात, चिउरी आठ, रुद्राक्ष १६, रिठ्ठा १४, शिरिष नौ, मलागिरी पाँच, बकाइनो आठ र कल्की फूल १० लगायतका फलफूल तथा बोटबिरुवा रोपिएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस