२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्ने अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विना संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध कानुन व्यवसायीले भ्याकेट निवेदन हालेका छन् ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन लगेका हुन् । अदालत प्रशासनले दर्ता अघि सो निवेदन अध्ययन गरिने जानकारी दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

विहीबार न्यायाधीश हरि फुयाँलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्ति विरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीले संवैधानिक इजलासलाई रोक्न नमिल्ने दावी गरेका छन् ।

सम्बधित समाचार : प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास नगर्न सर्वोच्चको अन्तरिम आदेश

गएको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संवैधानिक इजलासको पेशी तोक्ने जिम्मा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई दिन सहमत भएका थिए । पेशी तोक्ने दिन र संवैधानिक नियुक्ति बिरुद्धको मुद्दा फैसला हुने दिन जबराले आफुलाई अलग रहने भन्दै उक्त अवधिमा विदामा बस्ने निर्णय गरेर मुद्दा अगाडि बढाउने सहमति भएको थियो ।

त्रिपाठीले ‘रेक्युजल’ न्यायाधीशको स्वविवेकको कुरा भएको बताउँदै ‘सुनुवाइबाट अलग हुने’ विषय न्यायिक पुनरावलोकन हुन नसक्ने जिकिर गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमेत सहभागी परिषदको बैठकले २०७७ मंसिर र २०७८ वैशाखमा संवैधानिक निकायमा ५० भन्दा बढी पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । सो नियुक्ति सिफारिस विरुद्धको रिटमा निवेदकले प्रधानन्यायाधीश जबराले सो मुद्दा हेर्न नमिल्ने भन्दै विदा बस्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस