दाङमा करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु


१८ भाद्र २०७८, शुक्रबार


करेन्ट

दाङ । दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनले घरका कोठामा बत्ती बाल्ने क्रममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस