५ एआईजीपीहरूको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५ एआईजीपीहरूको सरुवा


१८ भाद्र २०७८, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागमा, प्रद्युम्न कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा, एआईजी सहकुल थापालाई कार्य विभागमा र एआईजी हरिबहादुर पाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा राखिएको गृह उच्च स्रोतले प्रशासनलाई बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस