सेजन नेतृत्वका लागि उम्मेदवारको मनोनयन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सेजन नेतृत्वका लागि उम्मेदवारको मनोनयन


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आकाङ्क्षी पत्रकार चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन् ।

सेजनको शुक्रबार हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले आज उम्मेदवारी मनोनयन गराएका छन् । सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन् । सचिवमा एलिजा उप्रेती, हिमा विक र हिमाल पौडेलले उम्मेदवारी परेको छ । कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुङ्गानाको उम्मेदवारी परेको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा चेतबहादुर अधिकारी (सिबी), अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शङ्करप्रसाद पण्डित र सोभित थपलियाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ पत्रकार डा सुरेश आचार्य मुख्य निर्वाचन अधिकृत, सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी र अधिवक्ता बाबुराम अर्याल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस