दार्चुला घटना बारे नेपालको आन्तरिक प्रतिवेदन भन्दै भारतले गर्यो अस्वीकार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दार्चुला घटना बारे नेपालको आन्तरिक प्रतिवेदन भन्दै भारतले गर्यो अस्वीकार


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस