२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिएका छन्। उनले भने ‘न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ‘

जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रममा उनले अदालतको भौतिक संरचनाका साथै जनशक्ति चुस्त दुरुस्त भए न्यायिक प्रक्रिया छिटोछरितो हुने विश्वास व्यक्त गरे । उनले शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयका सुदृढीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिए ।

अदालतको भौतिक सुधार र जग्गा व्यवस्थापनका लागि सक्दो पहल गर्ने मुख्यमन्त्री नेपालीले जानकारी दिए । जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउँदै जिल्ला अदालतमा मुद्दाको चाप बढेका अवस्था रहेको बताए । उनले नयाँ भवन बनाउन जग्गाको खोजी भइरहेको बताए।

जग्गा खरिदका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ । अहिले सर्वोच्च अदालतले भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरेको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उनको भनाइ छ । सो अवसरमा प्रदेशमा प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार, तहसिलदारसहित अदालतका कर्मचारी सहभागी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए।

‘व्यवसायीको प्रवेशले काँग्रेस थप सशक्त’

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले नेपाली काँग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन्। आज आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले बिपीको सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मुलुकलाई समृद्धिका बाटोमा डोर्‍याउने दायित्व काँग्रेसको रहेको जनाउँदै उनले यसका लागि युवाहरु अग्रसर हुनुपर्ने भनाइ छ ।

पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र यसपछि हुने प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनलाई आफ्नो पक्षतिर आउने गरी काम गर्न मुख्यमन्त्री नेपालीले आग्रह गरे। कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्व मेयर भट्टराईको काँग्रेस प्रवेशले पार्टी अझ बलियो हुने बताए ।

कार्यक्रममा अग्रज पर्यटन व्यवसायी भट्टराईले सुशासनका लागि व्यवसायीलाई राजनीतिमा आकर्षित गर्नुपर्ने जनाउँदै राजनीतिक नेतृत्वबाट सुशासनको सुरुआत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस