२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षण गरिँदै बागमती किनारका गुर्जो

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती नदी किनारमा रोपिएका औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा देशव्यापी गुर्जोरोपण अभियानकर्मी कमलबहादुर राजलवटले ज्वागलस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान (युएन पार्क) क्षेत्रमा रोपिएका गुर्जोमा तारजालीले चोर्न नसकिने गरी संरक्षण गरेका हुन्।

अन्य किनारमा रोपिएका बिरुवालाई पनि तारजालीले संरक्षण गरिने जनाइएको छ । अधिकार सम्पन्न बागमती समितिले समेत गुर्जोलाई तारजालीले संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गुर्जो रोपणसहित तारजालीले संरक्षण गर्न आयोजित कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गुर्जोजस्ता बहुउपयोगी वनस्पतिलाई नदी किनारमा रोपेर भावी पुस्ताका लागि संरक्षण गरिने प्रतिबद्धता जनाए ।

अभियानकर्मी राजलवटले काभ्रेपलाञ्चोकको पनौती, भक्तपुरको नलिन्चोकलगायत स्थलमा पनि गुर्जोरोपण गरेका छन् । गुर्जोरोपणसँगै ती स्थलमा गुर्जोबाट बनेको चिया र औषधिको धुलो पनि वितरण गरिएको छ । गुर्जोसँगै पारिजात, लप्सी, पत्थरचट्टा, करीपातलगायत वनस्पतिसमेत रोपिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस