काठमाडौँ उपत्यकामा निषेधाज्ञा कायमै राख्ने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकामा निषेधाज्ञा कायमै राख्ने निर्णय


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायमै राखे पनि त्यसका केही प्रवाधानहरुमा भने फेरबदल गरेको छ ।

प्रशासन कार्यालयहरुले यसअघि विभिन्न पटक म्याद थप गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए । पछिल्लो समय कोरोना संक्रमणमा केही कमी आएसँगै प्रशासनले केही छुट दिएको छ ।

नयाँ व्यवस्था अनुसार सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने बताइएको छ ।

यस्तै कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने पनि सूचनामा बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस