२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयो : बाइडेन

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्।

२० वर्ष लामो युद्धको अन्त्य गर्दै अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्।

‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू कुनै मुलुक बनाउन ठुला सैनिक अपरेसन गर्ने युगको अन्त्य पनि हो,’ बाइडेनले भने।

आउने दिनमा विदेशी मुलुकमा अमेरिकाले सैनिक शक्तिको प्रयोग कम गर्ने र हस्तक्षेपकारी नहुने बाइडेनको सङ्केत थियो।

सम्बोधनका क्रममा बाइडेनले आफूले अफगानिस्तानमा युद्धलाई निरन्तरता नदिने प्रतिबद्धता गरेको र अहिले त्यो पूरा भएको बताए। लथालिङ्ग तरिकाले भएको अमेरिकी र अफगान नागरिकको उद्धारलाई पनि बाइडेनले स्वभाविक भएको उल्लेख गरे।

उनले आफ्नो भागमा परेको दोष लिन आफू तयार भएको उल्लेख गर्दै अफगानिस्तान फेरि तालिबानको कब्जामा आउनुमा अरू पनि उत्तिकै दोषी रहेको बताए। उनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प र अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीलाई सङ्केत गरेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार एक महिनाअघि अफगान समकक्षी घानीसँग भएको टेलिफोन संवादमा बाइडेनले अमेरिकी सेना फिर्ता भए पनि आफूहरूको सहयोग जारी रहने तर त्यसका लागि घानीले सोच बदल्नु पर्ने बताएका थिए।

जुलाई २३ मा भएको टेलिफोन संवादका क्रममा बाइडेनले घानीलाई भनेका थिए ‘तपाईँसँग अमेरिकाले तालिम दिएको राम्रो सेना छ। ती तीन लाख सैनिक ७०/८० हजार तालिबानसँग लड्न सक्षम छन्।’

बाइडेनले घानीले नयाँ योजना अघि सारे अमेरिकाले उनको सरकार जोगाउन हवाई सहयोगलगायत अन्य थुप्रै सहयोग गर्ने बताएका थिए।

तालिबानले काबुल कब्जा गर्नु तीन साताअघि बाइडेन र घानीबीच भएको उक्त संवादले दुवै नेताहरूले यति छिटै तालिबानहरू काबुल आइपुग्छन् भन्ने कल्पना पनि नगरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस