बंगलादेश जाने यात्रुलाई लैजान ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बंगलादेश जाने यात्रुलाई लैजान ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपालबाट बंगलादेश जान चाहने यात्रुलाई लैजान आगामी ६ सेप्टेम्बरमा चार्टर्ड उडान हुने भएको छ । सो प्रयोजनका लागि विमान बंगलादेशको जहाजले ढाका–काठमाडौँ–ढाका रुटमा चार्टर्ड उडान गर्न लागेको हो ।

नेपालस्थित बंगलादेशी दूतावासले बंगलादेश जान चाहने सो मुलुकका नागरिक तथा अन्य यात्रुलाई कम्पनीमा सम्पर्क गरी टिकट लिन भनेको छ । नेपाल र बंगलादेशमा अहिले पनि नियमित उडान नखुलेका कारण त्यहाँ जाने नेपाली विद्यार्थी तथा कामदारले समेत चार्टर्ड उडानकै भर पर्नु परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस