२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बुलेन्स सञ्चालनका लागि ३० लाख सङ्कलन

अ+ अ-

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास–१० ले थालेको सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा करिब रु ३० लाख सङ्कलन भएको छ ।

गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवसको दिन थालेको अभियानमा एक वर्षको अवधिमा उक्त रकम सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको हो । उक्त अभियानअन्तर्गत हालसम्म रु २९ लाख नौ हजार ७७५ सङ्कलन भएको उक्त सोसाइटी उपशाखाले जनाएको छ ।

सङ्कलन भएको रकममध्ये रु १२ लाख ८७ हजार एम्बुलेन्स खरिद, बीमा र एसी जडानलगायत खर्च भएको उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए। बोल कबुलका केही रकम उठ्न बाँकी रहेकाले केही दिनपछि हुन गई रहेको सम्मान कार्यक्रममा उक्त सङ्कलन हुने विश्वास गरिएको उनले बताए ।

उपशाखाले एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न थालेपछि नेपाल रेडक्रस सोसाइटी दिवसकै दिन यही आउँदो भदौ १९ गतेबाट अर्थ सङ्कलन कार्य बन्द गर्न लागेको हो ।

सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग पुर्‍याउने व्यक्ति, सङ्घसंस्थालाई सम्मान तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको उपशाखाका सभापति पौडेलले जानकारी दिए।

‘जुन उद्देश्यको लागि आर्थिक सङ्कलन थालिएको थियो त्यो लक्ष्य पूरा भयो ।’ उनले भने, ‘एम्बुलेन्स खरिद गर्दा खर्च भएको रकम बाहेक अरु रकम बैङ्कमा मुद्दती खातामा राखेर आउने ब्याजबाट एम्बुलेन्स सञ्चालन गरिनेछ ।’

उपशाखाले असारदेखि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त अभियानमा रु २५ हजारभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थालाई उपशाखा र जिल्लाको सिफारिसमा प्रदेशले केन्द्र अनुमति लिएर प्रमाणपत्र प्रदान गरिने छ ।

उपशाखाले थालेको अभियानमा व्यक्ति तथा सङ्घसंस्था गरी १९२ वटाले आर्थिक सहयोग गरेको अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए। वैशाख महिनादेखि एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९का कारण दुई महिना ढिलाइ हुन गएको उनले बताए ।

उक्त अभियानमा रु एक लाखभन्दा बढी सहयोग गर्ने एयस्कर एक, रु २५ हजार बढी दिने विशिष्ट व्यक्ति १० र संस्थागत सदस्य ११ जना रहेका छन् ।

अति विपन्न परिवारलाई सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा आवश्यक परेमा निःशुल्क सेवा उपलब्ध गराउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको सोसाइटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस