डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।

प्रधानमन्त्री देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि भदौ ३ बाट बस्ने भनिएको डा. केसीको अनसन स्थगित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस