२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनए अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाललाई सघाउन करिब रु तीन करोड १६ लाखभन्दा बढीको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाएको छ ।

ती सामग्री गत शुक्रबार अमेरिकी सेनाको जहाजमार्फत नेपालका लागि पठाइएको र मङ्गलबार नेपाल आइपुग्ने समय तालिका रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए । ती सामग्रीमा अक्सिजन कन्सन्टे«टर, अक्सिजन पल्स अक्सिमिटर, भोल्ट स्टेप अपडाउन ट्रास्फरमर, एन ९५ मास्क, फेस सिल्ड, विभिन्न आकारका सर्जिकल गाउन सुटलगायत रहेका छन् ।

विपतको समयमा सहयोग स्वरुप नेपाल पठाउने उपकरण र सामग्री निःशुल्क ढुवानी गरिदिन अमेरिकी रक्षा मन्त्रालय मातहतको निकायसँग सहमति भएको सो सङ्घले जनाएको छ । यसका लागि अमेरिकास्थित नेपाली दूतावासले पनि सहयोग गरेको थियो । अमेरिकाबाट नेपालसम्मको ढुवानी खर्च निकै महँगो रहेकाले अमेरिकामा रहेका नेपालीहरुले विसं २०७२ को भूकम्प या गत वर्षदेखि सुरु भएको कोरोना महामारीसम्बन्धी स्वास्थ्य सामग्री नेपाल पठाउन नसकिएको तर यसपटक भने अमेरिकी रक्षा मन्त्रालयसँगको विशेष सहमतिमा अमेरिकी जहाजमार्फत नै सामग्री पठाइएको अध्यक्ष सुवेदीले बताए ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापाले पहिलो लटको यो सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेपछि छिट्टै नै दोस्रो लटमा करिब रु १० करोडको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाउने गृहकार्य शुरु गरिसकिएको बताए । गैरआवासीय नेपाली सङ्घ अमेरिका र अमेरिकी रक्षा मन्त्रालयबीच नेपालसम्म स्वास्थ्य सामग्री ढुवानी गर्ने सम्बन्धमा भएको यो सहमतिलाई अमेरिकामा रहेका नेपालीले ठूलो उपलब्धि भनेका छन् ।

अमेरिकामा रहेका परमाणु बैज्ञानिक डा यादव पण्डितले सहयोग सामग्री कति मूल्य बराबरको हो भन्ने भन्दा पनि विपदमा एनआरएनए अमेरिकाले सहयोग स्वरुप पठाउने सामान अमेरिकी सेनाको जहाजले नेपालसम्म निःशुल्क ढुवानी गर्नुलाई एक महत्वपूर्ण उपलब्धि मान्नुपर्छ भन्नुभएको एनआरएनए अमेरिकाले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस