माधबकाे साथ छाेडे प्रदिप नेपालले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माधबकाे साथ छाेडे प्रदिप नेपालले


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् ।

सोमबार (आज) फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको बताएका छन् ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष नेपाललाई भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस