२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काबुल विमानस्थललाई लक्षित गरी रकेट आक्रमण

अ+ अ-

काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थललाई लक्षित गरी पाँच ओटा रकेट आक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ ।

अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ ।

अहिलेसम्म यो रकेट आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन । यसअघि आइतबार अमेरिकाले ड्रोन आक्रमणमा गरेको थियो । यो आक्रमणमा इस्लामिक स्टेट समूहको विमानस्थलमा आत्मघाती आक्रमण गर्न आइरहेका व्यक्ति मारिएको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाले अफगानिस्तानमा गत बिहीबार पनि ड्रोन आक्रमण गरेको थियो । इस्लामिक स्टेटलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा काबुल आक्रमणका प्रमुख योजनाकार मारिएको अमेरिकाको दाबी छ ।

यसअघि काबुल विमानस्थलमा भएको आत्मघाती आक्रमणमा परी १७० जनाको मृत्यु भएको थियो । जसमा १३ जना अमेरिकी सैनिक पनि सामेल थिए ।

प्रतिक्रिया दिनुहोस