मन्त्रिमण्डललाई पूर्णता दिन गठबन्धनको बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिमण्डललाई पूर्णता दिन गठबन्धनको बैठक जारी


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । मन्त्रिमण्डललाई पूर्णता दिनका लागि सत्ता गठबन्धनमा रहेका शीर्ष नेता आज (सोमबार) बिहानैदेखि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास (बालुवाटार)को जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्।

सरकार गठनका लागि हिजो बिहान र बेलुका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग देउवाले छलफल गरेका थिए।

नयाँ सरकार गठन भएको लामो समय बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ।

कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्नेबारे सत्तारू गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस