नेपाल लाइफ र नेशनल मर्चेन्ट बैङ्कर बीच सम्झौता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल लाइफ र नेशनल मर्चेन्ट बैङ्कर बीच सम्झौता


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपालको जीवन बिमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैङ्कर लि को ५१ संस्थापक शेयर खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

काठमाडौँमा आयोजित एक समारोहबीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ र नेशनल मर्चेन्ट बैङ्करको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पुँजी रु. ३० करोड हुनेछ ।

कार्यक्रममा नेशनल मर्चेन्ट बैङ्करका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितो पत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैङ्कर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ट ब्रान्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैङ्करलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस