२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छः अध्यक्ष यादव

अ+ अ-

मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।

विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिए ।

अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उनले राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने धारणा व्यक्त गरे ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको दल वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दाबी गरे । उनले प्रतिगमनको खतरा रहुञ्जेलसम्म वर्तमान लोकतान्त्रिक गठबन्धन रहने छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं बलियो बनाउने कार्यमा आफ्नो दल सक्रिय रुपमा कार्य गर्ने बताए ।

अध्यक्ष यादवले संसद् जोगाउनका लागि पार्टी गठबन्धनमा सहभागी भएको स्पष्ट पार्दै यही गठबन्धनले आगामी निर्वाचन गराउने बताए । उनले बहुदलीय व्यवस्थामा दल फुट्ने र जुटेन कार्य भइरहने चर्चा गर्दै सम्पूर्ण समाजवादीको केन्द्रको रुपमा जनता समाजवादी पार्टी रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस