बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि


१० भाद्र २०७८, बिहिबार


सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ ।

आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले जानकारी दिए।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाँइले बताए ।

बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस