लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत


७ भाद्र २०७८, सोमबार


रूपन्देही । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । विपक्षी एमालेको विरोध र नाराबाजीबीच सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकले उनलाई विश्वासको मत दिएका हुन् ।

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । प्रदेशको कुल सांसद सदस्यमध्ये ४३ जना उपस्थित भएकोमा मुख्यमन्त्री केसीको पक्षमा ४२ जनाले मत दिएका छन् भने एक जना तटस्थ बसेका छन् ।

उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले भने बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेशसभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना प्रदेशसभा सदस्यको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस