काबुल विमानस्थल क्षेत्रमा गोली चल्यो, एक अफगान गार्डको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काबुल विमानस्थल क्षेत्रमा गोली चल्यो, एक अफगान गार्डको मृत्यु


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । सोमबार अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा फेरि गोली चलेको छ।

उक्त गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटर मार्फत् सार्वजनिक गरेका छन्।

हमिद कारजाई विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छ भने अरू नाटो सदस्य राष्ट्रका सैनिकहरू पनि उद्धार कार्यका लागि खटिएका छन्।

विदेशी फौजमाथि एक जना अज्ञात बन्दुकधारीले गोली चलाएको जर्मन सेनालाई उद्धृत समाचार संस्था रोयटर्सले जनाएको छ।

विमानस्थलको उत्तरी गेटमा भएको गोली हानाहानमा अरू तीन जना घाइते भएको जनाइएको छ।

विमानस्थलमा खटिएका नाटो अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको र विमानस्थलका सबै गेट बन्द गरिएको जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस