२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको केन्द्रीय समिति बैठकमा सदस्यहरुले लिए शपथ

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

मंगलबारबाट काठमाडौँमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। पार्टी नेता प्रमोद साहले केन्द्रिय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रिय सदस्यहरुलाई सपथ ग्रहण गराइएको जानकारी दिए।  

उनले भने,  ‘पार्टीका केन्द्रिय सदस्यहरुको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ। ती केन्द्रिय सदस्यहरुलाई सपथ ग्रहण गराइयो। पार्टीको सिद्धान्त, नीति, निमय अनुसार चल्नलाई केन्द्रिय सदस्यहरुलाई सपथ गराइएको हो।’ दुई दिनसम्म चल्ने केन्द्रिय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन्। दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राख्नेछन्।

बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि  पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ–आफ्नो धारणा राख्नेछन्। नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रिय कार्य समितिको बैठक बोलाउनु परेको स्पष्ट पारे। पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरुबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस