लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान


३० श्रावण २०७८, शनिबार


रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस