२४ घण्टामा थप २६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा थप २६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ६७ जनाको पीसीआर र ४ हजार ९ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा २६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज शनिबार थपिएका २६२४ जना सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ५ हजार १९० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३२० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८० हजार आठ सय १५ जना पुगेको छ ।

शनिबार कोरोना भाइरस संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसहित कोरोना भाइरसको सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १० हजार २५९ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार चार सय पाँच जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ७६० जनाको आईसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस