भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी


३० श्रावण २०७८, शनिबार


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ ।

अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झन्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् ।

शनिबार बिहान सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन । जबकि अघिल्लो दिन ४० हजार १२० जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।

भारतमा अहिलेसम्म कुल तीन करोड २१ लाख ५६ हजार ४९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

त्यसै गरी भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ६७३ पुगेको पनि अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको १.२१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो सङ्ख्या केही धेरै हो । अघिल्लो दिन तीन लाख ३५ हजार २२७ रहेको थियो ।

भारतमा सङ्क्रमणमुक्त भएकाको प्रतिशत ९७.४५ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म तीन करोड १३ लाख ३८ हजार ८८ मानिस सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३५ हजार ७४३ जना पछिल्लो २४ हजार सङ्क्रमणमुक्त भएका हुन् ।

त्यसै गरी ४७८ जनाको पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाको कुल सङ्ख्या चार लाख ३० हजार ७३२ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस