२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग

अ+ अ-

कञ्चनपुर । प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन् ।

कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् ।

प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुप विश्वविद्यालयअन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालनको नमुना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सञ्चालन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरीले बताए । ‘मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने छलफल पनि थालिएको छ’, उनले भने, ‘प्रतिष्ठान नभएर सुुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउनुपर्छ ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विसं २०६६ मा घोषणा गरिएको थियो । विद्यार्थी सङ्गठनले मेडिकल कलेज सञ्चालनमा सरकार उदासीन देखिएको आरोप समेत लगाएका छन् । ‘मेडिकल कलेज सञ्चालनमा राज्यले देखाएको उदासीनताले सबै चिन्तित छौँ’, नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सह महामन्त्री अच्युतराज कलौनीले भने, ‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार भएको छैन । त्यो छिटो तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।’

अहिले आएर मेडिकल कलेजका रूपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर सञ्चालन गर्ने भन्ने विषय छलफल भइरहेको उनले बताए । विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्री देउवालाई शैक्षिक कार्यक्रम सञ्चालनको नमुना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको पठनपाठन सञ्चालन गर्न माग गर्दै बिहीबार मागपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस