पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोना सङ्क्रमण पुष्टि, ३२ को मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोना सङ्क्रमण पुष्टि, ३२ को मृत्यु


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार ४६२ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ८०६ जनाको पिसिआर र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ७७ हजार ३७७ जना कोरोना मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना सङ्क्रमणबाट थप ३२ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २१२ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस