न्यूनतम साझा कार्यक्रममा एमसीसी समेट्न खोजेको हो, प्रचण्डले मानेनन् : देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्यूनतम साझा कार्यक्रममा एमसीसी समेट्न खोजेको हो, प्रचण्डले मानेनन् : देउवा


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका न्यूनतम साझा कार्यक्रममा एमसीसी समेट्न खोजिएपनि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’राख्न नमानेपछि नराखिएको बताएका छन् ।

नेपाली काँग्रेस संस्थापन पक्षीय पदाधिकारी र पूर्व पदाधिकारीहरूको भेलामा काँग्रेस उपसभापति विमलेन्द्र निधीले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) किन समेटिन भनी सोधेको प्रश्नको जवाफ दिँदै उनले प्रस्ट्याएका हुन् ।

निधिले सोधेका थिए,‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’ यसको जवाफमा सभापति देउवाले भने,‘ राख्न खोजेको हो, तर प्रचण्डले मानेनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस