राससका पूर्व कर्मचारी राजु न्यौपानेको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राससका पूर्व कर्मचारी राजु न्यौपानेको निधन


२७ श्रावण २०७८, बुधबार


झापा । राष्ट्रिय समाचार समिति झापाका पूर्व कर्मचारी राजु न्यौपानेको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

उनको मेची प्रादेशिक कोभिड अस्पतालमा उपचारकै क्रममा मङ्गलवार मृत्यु भएको हो । ५५ वर्षीय न्यौपानेलाई १० दिन अघि ज्वरो र रुखाखोकीले सताएपछि उपचारका लागि सोही अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई औषधि लिएर होम आइसोलेसनमा बस्ने सुझाव दिँदै फर्काइदिएको थियो ।

होम आइसोलेसनमा बस्दै आउनु भएका राजुको स्वास्थ्य बिग्रिँदै गएपछि उपचारका लागि पाँच दिनअघि बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा लगिएको थियो । अस्पतालले बिरामीको चाप बढी भएको र सघन उपचार कक्ष खाली नभएको जनाउँदै उनलाई बिर्तामोडैमा रहेको बिएण्डसी अस्पताल लैजाने सुझाव दिएको थियो ।

बिएण्डसी अस्पताललेसमेत सघन उपचार कक्ष खाली नभएको जनाएपछि पुनः मेची प्रादेशिक कोभिड अस्पतालमा राखेर उनको परिवारले उपचार गराइरहेको थियो । उपचारकै क्रममा उहाँको मङ्गलवार १२ बजे मृत्यु भएको परिवारले जनाएको छ ।

स्थानीय देउनियाँ खोलामा उनको अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस