‘माया हजुर २’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘माया हजुर २’ सार्वजनिक


२७ श्रावण २०७८, बुधबार


काठमाडौँ। राई इज किंगको उपाधि प्राप्त गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ ।

चौबन्दी चोलीले, गुडी जाने रेल, दिक्तेल बजार, झुम्के माया, माया हजुर, सोल्टिनी ज्यु, चरी भए भुरुरु जान्थेँ उडेर, दिक्तेल बजार – २, माथि है पर्‍यो, माली गाइको दही मीठो, नौलाई सुन्ना नब्बे लगायतका गीतहरूमा आफ्नो सङ्गीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक सङ्गीतका बादशाह डीआर अटुको सङ्गीत एवम् राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ।

गीतमा राजेश पायल र सुनिताको अभिनय रहेको छ। डा‍ सुमाया राईको शब्द रहेको यो गीतमा डीआर अटुको सङ्गीत रहेको छ।

राजु कार्कीले एरेन्ज गरेको यस गीतलाई आसिक जगेवूले छायाङ्कन गरेका छन् । गीतलाई निकै आकर्षकरूपमा प्रस्तुत गरिएको छ ।

मौलिक संस्कृति जर्गेना गर्न पनि माया हजुर गीतले थप टेवा पुर्‍याउनेमा आफू आशावादी रहेको सङ्गीतकार डी आर अटुले बताए। फरक किसिमबाट गीतमा मौलिक पनको आभास दिने प्रयास गीतमा रहेको गायक राजेश पायलले बताए ।

आम दर्शकको भावना अनुरूप नै अडियो तथा भिडियो निर्माण गरिएको निर्माण पक्षले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस