२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् ।

फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने माग गरिएको नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले जानकारी दिए । कम्पनीका प्रबन्ध निर्देशकको कार्य सम्पादन सम्झौता सार्वजनिक गरी आवधिक मूल्याङ्कन गराउन पनि कर्मचारी सङ्घ सङ्गठनले माग गरेका छन् ।

टेलिकम बोर्डले एकपक्षीयरुपमा कर्मचारी हक, अधिकारको विषय कटौती गरी निरङ्कुश चरित्र प्रदर्शन गरेकाले सच्याउनसमेत माग गरिएको छ । तह नौसम्म कर्मचारी सङ्घ सङ्गठनको सदस्यता लिएर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिन पाउने व्यवस्थालाई एकपक्षीयरुपमा सात तहमा झारिएकामा कर्मचारीले आपत्ति जनाएका छन् । विगत दुई वर्षदेखि नै आधिकारिक ट्रेड युनियनको निर्वाचन नगरी टेलिकम व्यवस्थापनले कर्मचारीको प्रजातान्त्रिक अधिकार कुण्ठित गर्न खोजेको आरोप छ ।

नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन र नेपाल टेलिकम कर्मचारी युनियनले यही साउन ७ गतेदेखि टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीप्लाजा परिसरमा धर्ना जारी राखेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ । मागका विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई भेटेर जानकारी गराउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस