२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : ‘एमसीसी के गर्नुहुन्छ ?’

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोधे, ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नुभएको थियो ।’ साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो ? उनले प्रश्न गरे,खै मैले त देखिनँ । छैन कहीँ !

प्रधानमन्त्री पदमा रहेका बेला एमसीसी पास गर्नुपर्छ भनेर ओलीले अभिव्यक्ति दिएका थिए । उनले ती अभिव्यक्तिका भिडियो सार्वजनिक गरेर अहिले वातावरण बनाउन खोजिएको भन्दै प्रश्न गरे, ‘तपाईंको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे के गर्नुहुन्छ ? चुप लागेर हुन्छ ?’

प्रधानमन्त्री देउवालाई १ सय ६५ सांसदको समर्थन रहेको भन्दै त्यसले के गर्छ भनेर उनले देउवालाई प्रश्न गरेका हुन् । उनले यसबारे जनताले जान्न चाहेको बताए ।

देउवालाई समर्थन गर्ने सांसदहरूलाई जत्थाको संज्ञा दिँदै ओलीले भने, ‘तपाईं त बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?’

प्रतिक्रिया दिनुहोस