२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा बैठक शून्य समय : कोरोनाको खोपदेखि विपत्तिमा परेकालाई राहत

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्त्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको भन्दै सांसदहरुले सो कार्यका लागि स्पष्ट कार्य योजनाका साथ अगाडि बढ्न अनुरोध गरे।

उनीहरूले सबै नेपालीले समयमै खोप पाउने सुनिश्चितता गरी स्थगित भएका परीक्षा सञ्चालन गर्न आग्रह गरे। बैठकको शून्य समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहत प्रदान गरी विपत्तिमा परेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न माग गरे ।

सांसद शक्तिबहादुर बस्नेतले कोरोनाको तेस्रो लहर आउने सन्त्रास देखिएको सन्दर्भमा सरकारले के कस्तो प्रतिकार्यको योजना अगाडि सारेको छ भन्ने बारेमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे। सांसद विन्दा पाण्डेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पञ्जीकरण गर्न र विदेशमा रहेका नेपालीलाई कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । प्राकृतिक विपत्तिमा परेको मेलम्ची तथा हेलम्बु क्षेत्रमा गाँस, बास र कपासको व्यवस्था गर्न आग्रह गर्दै सांसद शेरबहादुर तामाङले सो क्षेत्रमा सरकारको उपस्थिति हुनुपर्ने माग गरे ।

सांसदहरु लालकाजी गुरुङ, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, बिन्दा पाण्डे, विष्णु शर्मा, बोधमायाकुमारी यादव, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, शेरबहादुर तामाङ, श्याम श्रेष्ठ, सत्य पहाडी, समिना हुसेन, हरि अधिकारी, हितबहादुर तामाङले कोरोना कहर, प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्न, सीमा समस्या समाधान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस