खोलाले बगाउँदा आमाछोराको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

खोलाले बगाउँदा आमाछोराको मृत्यु


२५ श्रावण २०७८, सोमबार


ढल

दाङ । दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस