उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएकाे छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि उमेश यादव र रितेश कुमार शाहको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यादवलाई जनरल मेकानिकल उपसमूहतर्फ र शाहलाई निर्माण उपकरण सम्भार उपसमूहतर्फ बढुवाका लागि सिफारिस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस