जापानले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौँ आइपुगेको छ । शनिवार बिहान कतार एयरवेजको विमान तीन लाख बढी खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

बाँकी करिब पाँच लाख डोज खोप आइतबार आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई करिब १६ लाख डोज एस्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएको थियो ।

आज र भोलि नेपाल आइपुग्ने ८ लाख डोज बाहेकका बाँकी ८ लाख डोज खोप कहिले आइपुग्ने भन्ने खुलाइएको छैन ।

सरकारले कोरोनाविरुद्ध कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ । गत फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस