मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलवार(आज) दिउँसो ४ बजे सिंहदरवारमा बोलाइएको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाएको अवस्थामा आज मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको भए पनि सहमति जुटाउन नसक्दा शीर्ष नेताहरूको छलफल नै सरेको थियो । परिषद्को सोमबार(हिजो) बस्ने नियमित बैठकसमेत स्थगित भएको थियो ।

सरकारले के काम गर्ने र सरकार सञ्चालन कसरी गर्ने भन्ने सैद्धान्तिक विषयमा टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भनिएको छ । आज पनि कार्यदलको बैठक बस्ने र दस्ताबेजहरूको मस्यौदाबारे टुङ्गो लगाएपछि शीर्ष तहमा छलफल हुने जनाइएको छ । त्यसपछि मात्रै सरकारले पूर्णता पाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस