२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट आएको हात्तीले धानबाली नष्ट

अ+ अ-

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्‍याउन थालेको छ ।

विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किँदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताए ।

उनका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष न्यौपाने र भैरवबहादुर गौतमको धानखेत नष्ट गरेको हो । हात्तीले भर्खरै सारेको धानको रोपो सुँडले तानेर गुबो खाने गरेको छ ।

कहिले हुल बाँधेर र कहिले एक्लै आउने हात्तीले साँझदेखि बिहानसम्म बाली खाएर क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । पीडित भैरवबहादुर गौतमले चार कट्ठा खेतको रोपो एकै मेलोमा खाइदिएको बताए । उनले हात्ती खेद्ने संयन्त्र नहुँदा किसान मारमा परेको गुनासो गरे।

झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीमा भारतबाट दैनिक जसो जङ्गली हात्ती गाउँमा पस्ने गरेको छ । सरकारले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाए पनि तारबार भत्किएका ठाउँबाट हात्ती छिर्ने गरेको छ ।

हात्ती र कोरोनाको आतङ्क एकै पटक आइलागेका कारण ज्यान जोगाउने कि बाली भन्ने समस्या उत्पन्न भएको अर्का पीडित सन्तोष न्यौपाने बताउँछन्। कोरोना सङ्क्रमण नबढोस् भनेर नगरपालिकाले सिलबन्दी गरेको र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ ।

भारतबाट आउने हात्तीले स्थानीयवासीको घर भत्काइदिने र घरभित्रको अन्न खाइदिने पहिल्यै देखिको समस्या हो । पाकेको बाली खाने गरे तापनि खेतको रोपो यसअघि खाएको थिएन ।

प्रतिक्रिया दिनुहोस