२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजसेवी कठायतद्धारा कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

अ+ अ-

सुर्खेत, युवा समाजसेवी एवं व्यावसायी दिल बहादुर कठायतले कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

कर्णाली प्रदेशका लागि सहयोग पठाएका ४० थान अक्सिजन कन्सन्ट्रेटर मध्य कर्णाली प्रदेश अस्पताललाई ५ लिटरको १५ थान अक्सिजन कन्सन्ट्रेटर आइतवार समाजसेवी दिल बहादुर कठायतका भाइ केशव मार्फत कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई हस्तान्तरण गरिएको छ ।

‘कोरोना महामारीको बेलादेखि कर्णाली प्रदेश अस्पताललाई ठुलो मन भएका मनकारीहरुले सहयोग गर्दै आइरहेका छन्, ‘निर्देशक डाक्टर खड्काले भने, ‘कठायत जीको सहयोग पनि प्रदेश अस्पतालको लागि अतुलनिय रहने छ । उहाँलाई अस्पतालको तर्फबाट धन्यवाद सुनाइदिनु होला।’

कालिकोट जिल्ला शान्नी त्रिवेणी गाउँपालिका १ लुसाका स्थायी बासिन्दा समाजसेवी कठायतले कालिकोट जिल्ला अस्पताललाई १० थान जिल्लाकै शान्नि त्रिवेणी गाउँपालिकालाई ५ थान, रास्कोट नगरपालिकालाई ५ थान, र पचालझरना गाउँपालिकालाई ५ थान र सुदुरपश्चिम प्रदेशको लम्की चुवा नगरपालिकालाई १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

कालिकोटको लागि पठाएको अक्सिजन कन्सनट्रेटर स्थानीय तहहरुसँगको समन्वय र जिल्ला अस्पताल कालिकोटको समन्वयमा जिल्लामा पठाउन लागिएको कठायतका भाइ केशवले जानकारी दिए । अबको केहि दिनमा सम्बन्धित स्थानीय तह र जिल्ला अस्पताल कालिकोटमा पनि अक्सिजन कन्सन्ट्रेटर पुगि सक्ने उनले बताए ।

समाजसेवी कठायतले कर्णालीका बाढि पिडित,अग्नी पिडित, विपन्न परिवार र उपचारको अभावमा रहेका नागरिकहरुको लागि सहयोग गर्दै आइरहेका छन् । समाजेवी कठायत हाल व्यापारको सिलशिलामा चाइना गुन्जाओमा बस्छन् ।

प्रतिक्रिया दिनुहोस