२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।

उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरुलाई न्यूनीकरण गर्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरी चोरीमा संलग्न गिरोहलाई विशेष निग्रानी गर्न, सूचना सङ्कलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सूचना सङ्कलन र निग्रानी पश्चात् हिजो साँझ पल्सर मोटरसाइकलसहित भक्तपुरबाट तीन जनालाई पक्राउ गरेको हो।

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा हराएको उक्त मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने वर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ वर्षे विशेष लिम्बु पक्राउ परेका हुन्। वास्तविक नं बा ९७ प १३०५ भएको कालो, रातो रङको १५० सिसीको उक्त पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी बा९५प ४१६८ बनाइएको थियो।

ट्राफिक प्रहरीले थप अनुसन्धान गरी पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६प ८८३६ नं को कालो एनएस पल्सरको वास्तविक नम्बर परिवर्तन गरी बा ९१प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषा मिथिलाका २१वर्षीय विकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो।

मोटरसाइकलसहित तीनै जनालाई थप अनुसन्धान एव कानूनी कारबाहीको लागी प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस