ललितपुर महानगरमा आजबाट भेरोसेल खोप लगाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरमा आजबाट भेरोसेल खोप लगाइने


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।

साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन् ।

महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस