१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठको अवकाशविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अवकाश दिने सशस्त्र प्रहरी बलको निर्णय कार्यान्वयन रोक्न अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले श्रेष्ठको पदावधि एक वर्ष थप गर्ने गृह मन्त्रीस्तरको निर्णय मन्त्रिपरिषदबाट पारित नभएकाले अहिले नै अवकाश रोक्न अन्तरिम आदेश दिन नमिल्ने बताएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चार वर्ष अवधि पूरा गरेका श्रेष्ठले गत असार ९ गते अनिवार्य अवकाश पाएको भनी सशस्त्र प्रहरी बलले पत्र दिएको थियो । तर असार ७ गते गृहमन्त्री स्तरबाट उनको प्रस्ताव एक वर्ष थप गर्ने भनी मन्त्रिपरिषदमा प्रस्ताव गएको थियो । मन्त्रिपरिषदले उक्त प्रस्तावबारे कुनै निर्णय गरेको छैन ।

सर्वोच्चले डीआईजी श्रेष्ठले अवकाश पाइसकेको एक महिनापछि रिट लिएर आएको र उक्त रिटमा अवधि थप गर्न माग गर्नु उनको निर्विवाद हक हो भन्न सक्ने नदेखिएको भन्दै अन्तरिम आदेश नदिएको हो । यस मुद्दामा यसअघि सर्वोच्च अदालतले श्रेष्ठलाई अवकाश दिने निर्णय यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिँदै बुधबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

सम्बन्धित समाचार : सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

प्रतिक्रिया दिनुहोस