कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रक चालक बैतडीका दीपक साउँद र सहचालक बाजुराका रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना७ख ९५१६ नम्बरको ट्रक कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट सोमबार अपराह्न चार बजेतिर कर्णाली नदीमा खसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस