निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ ।

सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो ।

जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरे ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका रेशम चौधरी पनि सोमबार आयोगमा उपस्थित भएका थिए । तर उनले उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षमा हस्ताक्षर नगरी तटस्थ बसेका छन् ।

आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि अर्को पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस