पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।

हिजो आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसको तुलनामा आज सोमबार ११८४ जना संक्रमित बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस